पानवारी । यामाहाको आधिकारीक डिलर गजुरमुखी ट्रेड एण्ड सर्भिस लिंक धरानले रे जेडआर सिरिजको नयाँ मोडल ‘स्ट्रिट ¥याली’ को लन्च गरेको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरी मिस पूर्वाञ्चल रुवि लिम्बू, महिला सञ्जाल धरानकी अध्यक्ष सविता राई, नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले लगायत नेपालका लागी यामाहाको आधिकारीक विक्रेता एमएडब्लु इन्टरप्राइजेजका एरिया सेल्स मेनेजर रविन श्रेष्ठ लगायतले स्कुटल लन्च गरेका थिए ।
नयाँ मोडलको स्कुटरमा, चालकको हातको सुरक्षाको लागी नकल गार्ड, डिजिटल इन्स्ट्रयुमेन्टल प्यानल लगायतको फिचर थपिएको गजुरमुखी ट्रेड एण्ड सर्भिस लिंकका सञ्चालक गोपाल आचार्यले बताए । उनका अनुसार अहिले ग्राहकहरुको सेवालाई ध्यानमा राखेर १२५ सिसिको स्यालुटो बाइक र सबै स्कुटरमा २० प्रतिशत डाउन पेमेन्ट र २ वर्षे किस्ता अवधी रहने गरी स्किम समेत ल्याएको बताए । उनले यामाहाले हरेकवर्ष २÷३ वटा नयाँ मोडलहरु निकालि रहने भएकोले यामाहाको बाइकहरु सधै अपडेटेट हुने समेत बताए ।
यामाहाको रे जेआर ‘स्ट्रिट र्याली’ धरानमा लन्च
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































