विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ अमाहीमा एक महिलाले आफनै दुई जना नावालक छोरालाई झुन्डाएपछि आत्महत्या गरेकि छिन् ।
१० वर्षिय जेठा छोरा निशान र ५ वर्षिय कान्छो छोरा अमनलाई आफनै घरको बलोमा नरिवलको डोरीले पासो लगाएर झुन्डाएपछि २९ वर्षिय कविता यादवले सोमबार आत्महत्या गरेकी हुन् । कान्छो छोराको मृत्यु भएको छ भने जेठा छोरा बाँचेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीका प्रमुख एसपी मनोजकुमार केसीका अनुसार दुबै छोरालाई डोरीको पासो लगाएर झुन्ड्याएपछि आमा आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । प्रहरी घटनास्थलमा पुग्दा विहान साढे १० बजे कान्छो छोरा अमन र आमाको शव घरको बलोमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जेठो छोरा निशानलाई झुन्ड्याएको डोरी भने छिनेका कारण उनलाई भने जीवितै भेटिएको एसपी केसीले बताए । ‘घटनास्थलको प्रकृति हेर्दा आमाले आफू झुन्डिएर आत्महत्या गर्नु अघि दुबै छोरालाई झुन्ड्याएर हत्या गर्न खोजेको प्रराम्भिक अनुसन्धानबाट देखिन्छ,’ एसपी केसीले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’ बाचेका जेठा छोराको उपचार विराटनगरस्थित विराट अस्पतालमा उपचारपछि थप उपचारको लागि विराट मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार विहान १० बज्दा पनि दुबै जना स्कुल नपुगेपछि स्थानीय बासिन्दाले गएर हेर्दा घरमा भित्रबाट आग्लो लगाएको देखेर होहल्ला गरेका थिए । घर बाहिर होल्ला हुन थालेपछि कविताका जेठो छोरा निशान घर भित्र रुन थालेका थिए । भित्रबाट ढोका बन्द गरिएको घरमा बच्चा रुन थालेको सुनेपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए ।
स्थानीय बासिन्दाका अनुसार कविताका पति अमरलाल यादवको दुई वर्ष अघि नै निधन भइसकेको थियो । सोही घरमै बस्दै आएकी कवितासंग केही समयदेखि भारतको फारवेशगन्ज घर र विराटनगरमा काम गर्दै आएको बताउने रामदेव झा बस्दै आएका थिए । स्थानीय बासिन्दाले आइतबार राति कविता र रामदेवबीच झगडा भएको सुनेका थिए ।
एसपी केसीले रामदेव भनिने व्यक्ति सम्पर्कमा नरहेको र उनको खोजी भइरहेको जानकारी दिए । उनलाई नियन्त्रणमा लिएपछि घटनाका बारेमा थप कुरा बाहिर आउने बताए ।
‘डोरी चुँडिएपछि बाँचे’
[caption id="attachment_93832" align="alignleft" width="399"] डाेरी चुिडएर बाचेका बालक ।[/caption]उपचारका लागि नर्सिङ होम पुर्याएका १० वर्षीय बालक निशानले प्रहरीलाई भने अनुसार आमाले सुरुमा भाई र आफूलाई डोरीले घाँटीमा बाँधेर झुन्ड्याएपछि आफूले पनि डोरी लगाएर झुन्डिएको बताएका छन् ।
‘हामी सुतिरहेका बेला थियौं । त्यत्तिकैमा भाईलाई आमाले झुन्ड्याइसक्नु भएछ,’ ती बालकलाई उद्रित गर्दै घटनाको अनुसन्धान गरिरहेका एक प्रहरीले भने, ‘पछि मलाई पनि झुन्ड्याउन खोज्दा मैले थाहा पाएँ । आमाले कसैलाई केही नभन्नु भन्दै कराएपछि मैले केही पनि बोल्न सकिंन ।’ आमा डोरी लगाएर झुन्डिएको केही बेरमै आफूलाई झुन्ड्याएको डोरी भनेर चुँडिएर आफू भूइँमा खसेको ती बालकले बताएका छन् ।
निशानको घाँटीमा झुन्डाएको डोरीको डाम र शरिरको विभिन्न भागमा चोटपटम समेत लागेको छ ।