मधुमल्ला । दक्षिणी ईलामको चुलाचुली गाउँपालिकाले शनिबार विभिन्न कार्यक्रम गरी ३९ औ राष्ट्रिय शिक्षा दिवस मनाएको छ । “समाजवाद उन्मुख सम्वृद्ध राष्ट्रिय निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पुर्वाधार” भन्ने नाराका साथ शनिबार ३९ औ राष्ट्रिय शिक्षा दिवस चुलाचुली गाउँपालिकाका शिक्षक , कर्मचारी जनप्रतिनिधीहरुले प्रभातफेरी सहिति र्याली र बिभिन्न कार्यक्रमहरुको आयोजान गरी मनाएका छन ।

उक्त कार्यक्रममा चुलाचुलीका शैक्षीक क्षेत्रमा योग्दान पुर्याएका बिद्यालय तथा शिक्षक अभिभावकहरुलाई सम्मान गरिएको थियो । चुलाचुली गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिती अध्यक्ष वाल ज्योती मा.वि का सेतु प्रकास राई र राष्ट्रप्रेमी मा.वि चुलाचुली ६ फुङ्नामका हिरा श्रेष्ठ,किराँतेस्वर मा बि पेल्टीमारीका कमल प्रशाद अधिकारी , भानु मा बि बुकुवाका मोहन कुमार अधिकारी तथा शिक्षक अविभावक संघका अध्यक्ष होम प्रसाद फुयाँल, संदेश राई, वाल शिक्षक खडिमाया श्रेष्ठ , टिकादेवी भट्टराई, र स्काउट शिक्षक खग्रेन्द्र निरौला र रुद्र प्रसाद गिरीलाई सम्मान गरीएको चुलाचुली गाउँपालिकाका न्यायिक समिती सदस्य तथा वडा नम्वर –६ का वडा सदस्य योगनाथ दाहालले बताए ।

यसैगरी उत्कृष्ट शिक्षकमा मिक्लाचुङ मा बि दशमिका शतिस कुमार शाह, जनता मा बि बाह्रगोठेका भक्तेश्वरी सापकोटा र अनिता राई, तथा २०७४ सालको एसईई परिक्षामा सामुदायकि विध्यालय तर्फ सर्वोकृष्ट नम्वर ल्याउन सफल छात्र सुमन तामाङ्ग, सुजता न्यौपाने, आयुषमा भट्टराई र मुना कार्कीलाई समेत पुरस्कृत गरीएको थियो । कार्यक्रमा प्रमुख आतिथी प्रदेश संसद धिरेन्द्र शर्मा (रमण¬¬) ले कार्यक्रममा बोल्दै बधाई तथा शुभकामना दिनु भएको थियो । कार्यक्रम प्रदेश संसद धिरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्यता र चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिप चन्द्र राईका सभापतित्वमा सम्पन्न भएको थियो ।