पाँचथर। सदरमुकाम फिदिममा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उदेस्यले समर्पित अस्पताल सञ्चालनमा ल्याइएको छ । पाँचथर र ताप्लेजुङ साथै तेह्रथुम र इलामको केही भू–भागका सेवाग्राहीलाई लक्षित गरी अस्पताल सञ्चालनमा ल्याइएको हो ।
अस्पतालले पत्रकार सम्मेलन गरी निकट भविष्यमै मेजर अप्रेशन, आइ.सी.यु, एन.आइ.सी.यु., सिटि स्क्यान, आँखाको अप्रेशन र दाँद सम्बन्धि सम्पूर्ण सेवाहरु सूचारु गर्ने बताएको छ । हाललाई भने अस्पतालले २४ सै घन्टा आकस्मिक र फार्मेसी सेवा, जनरल वार्ड, क्याविन, डिजिटल भिडियो एक्सरे, प्याथोलोजि र रेडियोलोजी सेवाहरु ३० प्रतिशत छुटमा प्रवाह गरिरहेको अस्पतालले जनाएको छ । निर्माणधिन अवस्थामै रहेको उक्त अस्पतालले सर्वसुलभ मूल्यमा सेवा दिने जनाएको छ ।
आगामी मंसीर सम्ममा १२ जना डाक्टरले दैनिक गुणस्तरीय सेवा दिने समर्पित हस्पिटल प्रा.लि.का अध्यक्ष महेश तिम्सिनाले बताए । पाँच करोड नीजि लगानिमा सुरु गरिएको उक्त अस्पताल मेची पहाडको हालसम्मकै अत्याधुनिक र सुबिधासम्पन्न अस्पतालको रुपमा दाबि गरिएको छ ।