बेलबारी । यमाहा कम्पनीले ल्याएको नयाँ मोडलको जेठआर स्कुटी दयाराम अटो ट्रेडर्स विराटचोक मोरङमा आईपुगेको छ । नेपालमा भर्खरै मात्र आएको स्कुटीको उद्घाटन सुन्दरहरैंचाका उपमेयर धना तामाङले गरेकी थिईन् । डिस्क बे्रकको सुविधा भएको स्कुटी सुविधा जनक ,डिजीटलको समेत सुविधा भएको ट्रेडर्सका प्रवन्ध निर्देशक दयाराम खवासले बताए । दुई लाख आठहजार नौसय मुल्य पर्ने स्कुटी एक सय १३ सीसीको रहेको छ । कार्यक्रममा बोल्दै उपमेयर तामाङले विराटचोकको व्यपार व्यवसायको विकासका लागि दयाराम ट्रेडर्सको अमुल्य योगदान रहेको बताउँदै व्यवसाय सफलताको शुभकामना मन्तव्य राखेकी थिईन् । कार्यक्रममा उद्योग वाणिज्य संघ सुन्दरहरंैचाका अध्यक्ष नवराज चापागाईं र सुकुना वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टीकाप्रसाद कट्टेलले शुभकामना मन्तव्य राखेका थिए ।