मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ४ रहेको त्रिबेणी सामुदायिक बन उपभोक्ता समुहको छैटौं बार्षिक साधारण सभा शनिबार समपन्न भएको छ ।
शनिबार सम्पन्न छैटौं बार्षीक साधराण सभामा आ.ब. २०७४/०७५ को आय व्यय तथा प्रगती प्रतिबेदन प्रस्तुत गरीएको थियो । सो बनले यस आ.ब.मा १९ लाख ७१ हजार दुइसय २६ रुपया २३ पैसाको आय व्यव विरण प्रस्तुत गएिको थियो ।
बार्षिक साधारण सभाको आवसर पारेर सो सामुदायिक वनले समाजका अगुवा व्याक्तीत्व कृष्णबहादुर चेण्डबुङ लाई दोसल्ला ओडाएर सम्मन गर्यो । सामुदायिक वनको क्षेत्र बाट विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि शैक्षिक सामग्री समेत वितरण गरिएको सा.ब.की सचिब मिनाकुमारी लोक्तामले बताइन । कुल ७५ जना उपभोक्ता रहेको सो समुदायिक बन क्षेत्रमा उपभोक्ताका विद्यालय गएर अध्यन गर्ने सबै कक्षा १ –१० सम्म अध्ययन अध्यापन गर्ने ८५ जना छात्र/छात्राहरुलाई कापी र डटपेन प्रधान गरीएको सा.ब. अध्यक्ष .तेज बहादुर राईले बताए । साधारण सभाकै अवसर पारेर सो बन क्षेत्र भित्रका बिपन्न परिवकार ६ जनालाई न्यानो कपडा वितरण गरिएको थियो । त्यस्तै शारिरि र मानसिक रुपमा असक्त ६ जानलाई लक्ता कपाड वितरण गरीएको उपभोक्ता समितिका सदस्य बिशाल राईले बताए ।
किसानहरुलाई कृर्षीमा प्रेरीत गर्ने उदेश्यले उन्नतजातको रायो, कोपी, खोसानी र गालभेडाको बिउ बितरण गरीएको थियो । स्थानीय युवाहरुलाई खेलकुदमा बिकास र सहयोग पु¥याउने यदेश्यले फुटबल र जर्सी बितरण गरीएको अध्यक्ष राईले बताए । कार्यक्रमका प्रमुख अतिथी सेक्टर वन कार्यालय मंगलबारेका प्रमुख तरणी प्रसाद चौधरीली त्रिवेणी समुदायिक बनले वन बिकास उपभोक्ता लगायत सबै क्षेत्रलाई समेटर नमुुना कार्य गरेको प्रशंसा व्याक्त गरे । कार्यक्रम त्रिबेणी समुदायिक वनका अध्यक्ष तेज बहादुरको राईको सभापतित्वमा सम्पन्न भएको थियो ।