वराहक्षेत्र । आफ्नो समुदाय पिछडिएको भन्दै हलुवाई समाजले आफ्नो समुदाय लाई जनजातिमा राख्न केन्द्र सरकार स“ग माग गरेको छ । सुनसरी सदरमुकाम ईनरुवामा शनिवार आयोजित हलुवाई समाज सेवा समिति सुनसरीको प्रथम अधिवेशनमा सहभागीहरुले त्यस्तो माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै हलुवाई समाजका केन्द्रिय अध्यक्ष शिव नारायण साह सुरजले नेपालको मिठाई बनाउ“ने जातिको रुपमा चिनिएको हलुवाईहरु राजनितिक,आर्थिक र सामाजिक रुपमा पछाडि परेकोले उनीहरुको चौतर्फी विकास तथा उत्थानको लागि जनजातिमा समावेश गरिनु अर्को विकल्प नभएको बतँएका छन् ।

नेपालमा पूर्वको झापा देखि पशिचम भैरवहाको, पाहाड देखि तराई सम्म हलुवाईहरु ८३ हजार ठूलो को जनसंख्यामा रहेको रहेको भन्दै उनले उनीहरुको राज्यमा पहु“च नपुगेको र मधेशीमा पनि आफ्नो छुट्टै विशिष्ट पहिचान सहितको आफ्नै भाषा, भेषभुषा रहन सहन तथा संस्कृति भएको उनीहरु लाई जनजातिमा सुचिकृत गर्न माग गरिएको बतँए ।

अधिवेशनमा लक्ष्मी प्रसाद साहको अध्यक्षतामा २१ सदस्य हलुवाई समाज सेवा समिति सुनसरी तदर्थ समिति गठन गरिएको थियो । समितिको चार उपाध्यक्षमा पहिलो राजकुमार साह, दोश्रो रमेश साह,तेश्रो गोपाल र चौथो उपाध्यक्षमा आशादेवी साह रहेको अध्यक्ष लक्ष्मी प्रसाद साहले बताए ।

तदर्थ समितको दुई महासचिवमा प्रथम सत्य नारायण साह र द्वितीय महासचिव रामवृक्ष साह छन् । सचिवमा सुरेश साह , कोषाध्यक्ष रितादेवी साह छन् यस्तै सदस्यहरुमा क्रमशः प्रदिप साह, राज नारायण साह, पारस साह, बृजनन्दन साह,गिता साह,अशोक साह, अमर साह, दिलिप साह, रामसुन्दर साह,रेखादेवी साह,मुन्ना साह,मिश्रीलाल साह र सन्तोष साह रहेका छन् । भने वरिष्ठ सल्लाहकारहरुमा वासुदेव साह, जयप्रकाश साह र गोवर्धन साह रहेको समितिले बतँएको छ । तदर्थ समितिले जिल्लामा छरिएर रहेका हलुवाईहरुलाई एकै छाता मुनि ल्याउ“न गाउ“ गाउ“मा गएर संगठित गरिने र समितिको विधान दर्ता प्रक्रिया लाई अघि बढाईने अध्यक्ष लक्ष्मी साहले बतँए ।

ईनरुवा नपा वडा नम्बर ३ महेन्द्र चौक स्थित शाह निर्माण सेवाको भवनमा, संस्थापक अध्यक्ष वासुदेव साहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामवृक्ष र सत्य नारायणले गरेका थिए ।