पानवारी । धरान–१० नारायण चोक नजिकै नवजात शिशु मृत फेला परेको छ । नारायण चोक नजिकै रहेको नीजि घरको दुईवटा शौचालयको चेपमा मृत अवस्थमा शिशु फेला परेको थियो । दिउँसो ४ बजेको समयमा मृत रुपमा फेला परेको शिशुको बारेमा खोज अनुसन्धान गरेर प्रहरीले डुम्राहा घर भई हाल नारायण चोकमा डेरा गरी बस्ने १९ वर्षिय अस्मिता चौधरीलाई बच्चा जन्माएर फालेको भन्दै पक्राउ गरेको छ । विहान करिब ७ बजेको समयमा शिशुलाई जन्म दिएर फालेको भन्ने सूचना पाएपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो । ज्याला मजदुरी गरेर बाबु आमासँगै डेरामा बस्दै आएकी चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शिशुको पोष्टमार्टमको लागी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।