रङ्गेली । आन्तरीक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले जनता सरकार प्रति अझै पुर्ण विश्वसत भैनसकेको बताएका छन् । प्रदेश सरकारले पहिलो पटक मनाउन लागेको संविधान दिवस (असोज ३)का बारेमा जानकारी गराउन सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री कार्कीले जनता सरकारको कामकारवाहिलाई पर्ख र हेरको अवस्थामा रहेकोले अघिल्ला संविधान दिवसमा उत्साहवर्द उपस्थिति नभएको बताए । उनले जनतालाई विश्वास दिलाउन सरकारले कार्यक्षमता बढाउन आवश्यक रहेको बताए । सरकारका प्रवक्ता समेत रहेको मन्त्री कार्कीले धार्मीक कर्ममा आवहान नै नगरी जनताको उलेख्य उपस्थिति हुने दृष्टान्त दिदै भने सरकारले जनताको विश्वास जिते जनसहभागित स्वत हुने विश्वास व्यक्त गरे । नेपालको संविधान तेस्रो वर्षमा प्रवेस गरेको छ । यस अघिका वर्षहरुमा संविधान दिवसको दिन साझ दिपावली गर्ने भनिए पनि जन सहभागित न्युन रहने गरेको थियो । यसै सन्दर्भमा मन्त्री कार्कीले जनसहभागिता बढाउन अधिकतम प्रयास गरिने बताए । उनले जनसहभागित असलफहुने शंक चिर्न सरकार लागी परेको बताए । विभिन्न दलहरुले संबिधान दिवसलाई कालो दिनका रुपमा मनाउने भनिरहेको बेला मन्त्री कार्कीले संविधानको विरोध गर्ने सबैलाई कारवाहि हुने बताएका छन् ।कानुनी राज्यमा कानुन विपरितको गतिविधि गर्ने छुट कसैलाई नभएको उनले बताए । ‘संविधानको विरोध गर्ने कसैलाई संविधानले छुट दिदैन उनीहरुमाथि कार्वाही हुन्छ,’ मन्त्री कार्कीले भने, ‘चाहे सिके राउत होस या जो कोहि ।’ संविधान दिवास मनाउन ५सय १ जनाको समिति संविधान दिवस तीन दिन सम्म विभिन्न कार्यक्रम गरी मनाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५सय १ सदस्यीय मूल समारोह समिति गठन भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार सो कार्यक्रमकालागी प्रदेश सरकारका प्रमुख सचिव केदार न्यौपानेको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति समेत गठन गरिएको छ । असोज २,३ र ४ गते तीन दिन प्रदेश भरी विभिद कार्यक्रम गरि संविधान दिवस मनाउने तयारी प्रदेश सरकारले पहिलो पटक गरेको हो । अस्थायी राजधानी विराटनगर भित्रका सबै सरकारी कार्यालय, महानगरपालिकाले आफना कार्यालय र क्षेत्रका विभिन्न स्थानहरुमा राष्टिूय झण्डा एव व्यानरसहित नगरको शृंगार र सरसफाइ गर्नेदेखि साँझ दिपावली गर्ने लगायतका कार्यक्रम रहेका छन् । संविधानको विषयमा विषेश परिसंवाद, संवादलगायतका जनचेतनामूलक कार्यक्रम गरि संचार माध्यमबाट प्रचारप्रसार गर्ने, प्रदेश सरकारका प्रमुख, सरकारका मन्त्री, सभामुख, प्रदेश प्रमुख, सरकारका उच्च पदाधिकारीसहितको सहभागीतामा विभिन्न कार्यक्रमको आयोजना गरिने प्रमुख सचिव केदार न्यौपानेले जानकारी दिए । उनले नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल स्काउट तथा विद्यार्थीहरुको मार्चपास देखि विभिन्न जात जातिको भेषभुषा र संस्कृति झल्कने झाँकी प्रर्दशन, सुरक्षा निकायद्वारा रोचक कार्यक्रमहरुको प्रस्तुति, विभिन्न विद्यालयहरुले संविधानको सन्दर्भलाई पारेर हाजिरीजवाफ, बक्तृत्वकला प्रतियोगिता गर्ने लगायतका कार्यक्रम तय गरिएको छ । प्रदेश १ सरकारको पहिलो औपचारी कार्यक्रममा सहभागि हुन प्रदेश बासिलाई सरकारले आवहान गरेको छ ।