इटहरी / प्रदेश नं. १ को जंक्सको रुपमा रहेका इटहरीस्थित तालतलैया क्षेत्रमा आन्तरिक पर्यटकहरुको बजभोज आन आउनेको भीड हुन थालेको छ ।
सुनसरी,मोरग,झापा,धनकुटा,इलाम लगायत एक नम्वर प्रदेशका बिभिन्न जिल्लालगायत पश्चिम पोखरा, धादिड, काठमाडौ, सिरहा, सप्तरी, धनुषालगायतका टाढा टाढाका ठाँउवाट पनि वनभोजका लागि तालतलैया आउनेहरुको संख्या बढेको छ ।
तालतलैया, सरकारले गरेको उत्कृष्ठ सय नयाँ गन्तब्यमा सुचिकृत स्थल हो । इटहरी चौक पूर्व राजमार्गवाट ५ किलोमिटर उत्तर लागेपछि तालतलैया पुग्न सकिन्छ । प्राकृतिक रुपमानै ताल,पोखरी, सिमसार, खोल्साखोल्सी, थुम्कैला डाडापाखा,समतल घाँसेमैदान, विभिन्न प्रकारका रैथाने वोटविरुवा,जडिवुटि,पशुपंक्षि,जलचर,उभयचर रहेको ठाँउ रहेको छ ।
७६.७५ हेक्टरमा फैलिएको तालतलैया क्षेत्र मनोहक वातावरण भएको ठाँउ हो । अनेक तालतलैया रहेको यो क्षेत्रको २१. ५ हेक्टरमा अहिले संरक्षण र प्रवद्र्धनको काम इटहरी उपमहानगरले गरेको छ ।