श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ माघ १ गते मङ्गलबार, १५ जनवरी २०१९ । पौष शुक्लपक्षको नवमी तिथि १९ः६ बजेसम्म उप्रान्त दशमी, नक्षत्र अश्विनी ९ः४६ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ६ः५८ र सूर्यास्त ५ः२९ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । सामाजीक कार्यक्रममा संलग्न भइएला । घरपरिवारमा मांगलिक कार्यको आयोजना हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय सामान्यखालको छ । शिर तथा नशा सम्बन्धि समस्याले निकै सतउाला । सानो काममा ठूलै धनराशि खर्च होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा विशेष लाभ मिल्ला । महिला मित्रको सहयोगमा नया“ कामको शुभारम्भ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा जमिन तथा भवन खरिद हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । मायाप्रेमको सम्बन्ध विस्तार होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यमखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइसित भेटघाट हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा रुची बढ्नेछ । महिला मित्रको सहयोगमा नया“ कामको शुभारम्भ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुची बढ्नेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । रमणिय स्थानको भ्रमण हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । प्रारम्भ गरेको काममा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । नया“ कार्य व्यवसायको शुभारम्भ होला । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ ।