श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ माघ १५ गते मङ्गलबार, २९ जनवरी २०१९ । माघ कृष्णपक्षको नवमी तिथि १९ः१६ बजेसम्म उप्रान्त दशमी, नक्षत्र विशाखा १९ः४८ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः५३ र सूर्यास्त ५ः४१ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
धन आर्जनका नया“ श्रोतहरु फेला पर्नेछन् । साथीभाइ तथा आफन्तको सहयोग प्रँप्त भइरहला । मन प्रसन्न बन्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धि समस्याले निकै सताउला । सानो काममा ठूलै धनराशि खर्च होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रमणिय र सुखद् यात्राको योग छ । नया“ ज्ञान र सिप सिक्ने अवसर मिल्ला । रमाइलो वातावरणमा दिन वित्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना हुनेछ । अतिथि सत्कारमा दिन वित्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा मामिलामा तापइको विजय हुनेछ । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला । शुभ समाचार सुन्न पाइएला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । समाजका प्रतिष्ठित व्यक्तिसित भेटघाट होला । मन प्रसन्न बन्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । राजनैतिक निकायमा विशेष स्थान मिल्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठेक्का पट्टा तथा जग्गा जमिनको कार्य व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन चा“दी तथा औजार सम्बन्धि काममा विशेष लाभ मिल्ला । मातृपक्षको सहयोगमा नया“ कार्यको शुभारम्भ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा खासै मन नजाला । विश्वासपात्रबाट धोका हुनेछ । शरिर आलश्य बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय राम्रो छ । पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथि सेवा सत्कार गर्ने अवसर प्राप्त होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । परिवारबाट माया प्रेम र सद्भाव प्राप्त भइरहला । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।