दुई लाख नगदसहित १२ जुवाडे पक्राउ

alt
  • माघ १९, २०७५
  • ३७१ पटक पढिएको
  • ब्लाष्ट खबर

काठमाडौँ /  महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जुवा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ । 
वृत्तको टोलीले टोखा नगरपालिका–९ मिलनटोलमा रहेको होटल हाइवेमा जुवा खेलिरहेको अवस्थामा राजु गुरुङ, अभिषेक तामाङ, सन्तकुमार मोक्तान, ताराकुमार श्रेष्ठ, विजय लामा, रोहित कार्की, रामबहादुर गुरुङ, साजन विक, वुद्धराज थेवे, विमल मगर, सनम राई र शान्ति तामाङलाई शुक्रबार राति पक्राउ गरेको हो । 

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले तास र कौडा खेलिरहेको अवस्थामा दुई लाख २० हजार ७०५ नगदसहित पक्राउ गरिएको जानकारी दिए । 
पक्राउ परेकासँग तीन बुक तास र कौडा बरामद गरिएको वृत्तले जनाएको छ । पक्राउ परेकालाई जुवा खेल्न तथा सट्टाबाजी गर्न नहुने कसुर सम्बन्धी अनुसन्धान गरेर मुद्दा चलाउने तयारी भएको प्रसाईँले बताए ।

पाकिस्तानको बलुचिस्त ...

धरान । आत्मघाती बम विस्फोट हुँदा पाकिस्तानको बलुचिस्तान ...

दुबईमा एक नेपाली महि ...

धरान । दुबईमा घरेलु श्रमिकको रूपमा रहेकी एक नेपाली महिल ...

स्कुले बालिकालाई शिक ...

भद्रपुर(ब्लाष्ट)अध्यापन गराउने क्रममा बालिकाहरुमाथि पटक ...

गोर्खा ब्लड हङकङको ध ...

धरान / प्रभु बैंक धरान १० के रन ८ औ नेवा च्यारटीलाई सफल ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved