भद्रपुर / वडा प्रहरी कार्यालय भद्रपुरले ठूलो परिमाणमा कपडा बरामद गरेको छ ।
तस्करीको माध्यामबाट अवैध रुपमा भन्सार छली तस्करले नेपाल भित्राउँदैं गरेको लाखौँ मूल्य बरावरको कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।
भारतबाट कारोबारीले टाउकोमा राखेर ल्याउदै गरेको पाँचपोका कपडा शनिबारे भद्रपुर ५ स्थित देविवस्तीबाट बरामद गरिएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर यमकुमार श्रेष्ठले जानकारी दिए । साधा पोसाकका प्रहरीलाई देख्ने वित्तिकै सामान छाडेर कारोबारी भागेकोले सामान मात्र बरामद गरिएको वडाका इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए ।
बरामद गरिएको पोकामा सुट,लेगिज,कुर्तासुरुवाल,बुर्का लगायत ४ लाख ३६ हजार ६ सय १६ रुपैयाँ वजार मूल्य बरावरको कपडा बरामद गरिएको श्रेष्ठले जानकारी दिए । बरामद सामान आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार बुझाइएको उनले जनाए । यो महिनाको शुरुदेखी हालसम्म वडा प्रहरीले १० लाख मूल्यभन्दा बढीको विभन्न सामान बरामद गरी भन्सार बुझाइसकेको छ ।