रङ्गेली / प्रदेश १ को प्रदेश सभाको आइतबारबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा सांसदहरुले सहकार्यमा जोड दिएका छन् ।
बैठकमा नेपाली काङ्ग्रेसको संसदीय दलका नेता राजिव कोइरालाले सरकारसँग सहकार्य गर्ने तर पछिलग्गु नबन्ने बताए । प्रदेश सरकारले समयमा बजेट कार्यान्वय नगर्दा प्रतिपक्षसमेत बदनाम हुने अवस्थामा पुगेको गुनासो गरे ।
बैठकमा नेकपा संसदीय दलका उपनेता तथा अर्थ मन्त्रि टंक आङबोहाङले प्रदेश सरकारले बजटे तर्जुमा गरे पनि कर्मचारी समायोजन, नयाँ अभ्यास, संघीय सरकारबाट हस्तान्तरणमा समस्यालगायतको कारणले बजेट कार्यान्वयनमा ढिलाई भएको बताए । उनले अबका दिनमा सत्ता पक्ष र प्रतिपक्षको रुपमा अगाडी बढन नहुने बताए ।
संघिय समाजवादी फोरम संसदिय दलका नेता जयराम यादवले प्रदेश राजधानी र नामाङकनको विषय टुङ्गो लगाए पछि मात्र विकास र समृद्धिको बाटोमा अगाडी बढन सकिने बताए । उनले संसदीय समिति र मन्त्रिमण्डल पूर्णता दिनु पर्ने बताए । उनले सरकारले एक वर्षमा गरेको कामको विवरण ल्याएर जनतालाई जानकारी दिनु पर्ने बताए ।

संसदीय समितिलाई पूर्णता दिनु पर्छ–सभामुख

pradip bhandari
प्रदेश १ को प्रदेश सभाका संसदीय समितिलाई प्रभावकारी कार्यान्वयनको लागी पूर्णता दिनु पर्ने सभामुख प्रदिपकुमार भण्डारीले बताएका छन् ।
आइतबार हिउदे अधिवेसनको बैठक पछि संचारकर्मीहरुसँगको छलफलमा समितिका सभापति चयन गर्ने र प्रदेशको नाम र राजधानीको विषयलाई औपचारीक रुपमा अगाडी बढाइने बताए । उनले सभापति चयनको लागी गृहकार्य भइरहेको बताए ।
उनले प्रदेशको नाम र राजधानीको विषयलाई नियमावली संसोधन गरेर प्रक्रिया अगाडी बढाइने बताए । उनले यसै अधिवेसनको सुरुमै नियमावली परिवर्तन गराउन संससदबाट समिति नै बनाएर जानु पर्ने बताए । उनले संसदमा दर्ता भएका ४ वटा र समितिमा छलफल भइरहेका २ वटा विधेयक सहित ६ वटा विधेयक विजेनस रहेको बताए । त्यसका अलावा सरकारबाट ५÷६ वटा विधेयक आउने भएकोले हिउदे अधिवेसन संचालन गर्ने विजनेस पुग्ने उनले बताए ।

प्रदेशको नाम माग गर्दै धर्ना

rally
आइतबारबाट सुरु भएको प्रदेश १ को हिउदे अधिवेसन सुरु भएसँगै किरात लिम्बुवान नाम माग गर्दै संसद भवन अगाडि १ घण्टा धर्ना दिएका छन । संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनको नेतृत्वमा धर्ना बसेका थिए । संसद भवन अगाडि धर्ना दिएका लिम्बुवान संगठन सम्बद्ध नेताहरुले ३ बजे शुरु भएको अधिवेशन लाई प्रभावित पार्नेगरी धर्ना दिएका थिए । बाक्लो सुरक्षा व्यवस्थाका विच प्रदेश समीतिको हिउँदे अधिवेशन संचालन भएको थियो । कार्यक्रममा सुनसरी , झापा र मोरङका विभिन्न स्थानबाट बाक्लो संख्यामा सो पर्टीका कार्यकर्ताको उपस्थिती रहेको थियो ।

birod