श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ माघ २१ गते सोमबार, ४ फेब्रुअरी २०१९ । माघ कृष्णपक्षको औंसी तिथि २५ः३९ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र श्रवण २९ः२७ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ६ः५१ र सूर्यास्त ५ः४५ मा हुनेछ । ज्यो.पंः हरिप्रसाद पौडेल
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
रमाइलो यात्राको अवसर मिल्ला । रोकिएका कामकाजहरु सुचारु हुनेछन् । नया“ कार्यको शुभारम्भ हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । मनमा निरास र शरिरमा आलश्य छाउला । स्वास्थ्य उपचारमा ठूलै धनराशि खर्च हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । अतिथि सेवा सत्कारमा दिन वित्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । धार्मिक सभामा सम्मेलनमा संलग्न हुने अवसर मिल्ला । रमाइलो वातावरणमा दिन वित्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक क्षेत्रको माध्यमबाट विशेष लाभ मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक संकटको सामना गर्नुपर्ला । बन्न लागेको काममा विघ्नवाधाहरु आइपर्न सक्छ । बोल्दा बडो विचार पु¥याउनु होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्य खालको छ । शिर तथा नशा सम्बन्धि समस्याले निकै सताउला । सानो काममा ठूलै धनराशि खर्च हुन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मुद्दा मामिलामा तपाइको विजय हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । शुभ समाचार सुन्न पाइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुची बढ्नेछ । राजनैतिक निकायमा तपाइको विशेष स्थान रहला । मन प्रसन्न बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नया“ कार्य व्यवासयको शुभारम्भ हुनेछ । महिला मित्रको विशेष सहयोग प्राप्त भइरहला । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा जमिन तथा भवन सम्बन्धि कार्य व्यवसायमा रुची बढ्नेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।