श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ माघ २२ गते मङ्गलबार, ५ फेब्रुअरी २०१९ । माघ कृष्णपक्षको प्रतिपदा तिथि २७ः४९ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र धनिष्ठा ६०ः०० अहोरात्र उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ६ः५१ र सूर्यास्त ५ः४७ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना हुनेछ । अतिथि सेवा सत्कारमा दिन वित्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शिर तथा आ“खा सम्बन्धि समस्याले निकै सताउला । आफ्नो भन्दा अरुको काममा धन खर्च गर्नुपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । मातृपक्षको विशेष सहयोग प्राप्त भइरहला । रमणिय स्थानको भ्रमण हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मुद्दा मामिलामा तपाइको विजय हुनेछ । नया“ कार्य व्यवसायको शुभारम्भ होला । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन अध्यापनमा रुची बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । अनावश्यक कामको झन्झटमा फसिएला । विश्वासपात्रबाट धोका होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन चा“दी तथा तत्जन्य कार्य व्यवसायमा रुची बढ्नेछ । परिवार तथा आफन्तको सहयोग प्राप्त भइरहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । जागीरमा विशेष प्राप्ती हुनेछ । वैदेशिक क्ष्ँेत्रको काममा सक्रिय भइरहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्ला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।