श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ माघ २९ गते मङ्गलबार, १२ फेब्रुअरी २०१९ । माघ शुक्लपक्षको सप्तमी तिथि ११ः४ बजेसम्म, उप्रान्त अष्ठमी, नक्षत्र भरणी १७ः५४ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ६ः४६ र सूर्यास्त ५ः५१ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । पठन पाठन तथा लेखन कार्यमा रुची बढ्नेछ । रमणिय स्थान भ्रमण गर्ने अवसर मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शरिर अस्वस्थ्य रहला खानपिनमा विशेष सावधानी अपनाउनु होला । आर्थिक संकटको सामना गर्नुपर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा रुची बढ्नेछ । नपत्याएका व्यक्तिहरुबा उचित सहयोग मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन चा“दी तथा तत्जन्य कार्य व्यवसायमा रुची बढ्नेछ । महिलामित्रको विशेष सहयोग प्राप्त भइरहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पठन पाठन तथा लेखन कार्यमा रुची बढ्नेछ । नया“ कार्यको शुभारम्भ होला । पारिवारिक जीवनमा खुसीयाली छाउल ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य सम्पादनमा केही समस्या आइपर्न सक्छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन अध्यापनमा रुची बढ्नेछ । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्ष्ँेत्रको भ्रमण गर्ने अवसर मिल्ला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा रुची बढ्नेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।