श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन १२ गते आइतबार, २४ फेब्रुअरी २०१९ । फाल्गुण कृष्णपक्षको पञ्चमी तिथि २७ः३९ बजेसम्म, उप्रान्त षष्ठी नक्षत्र स्वाती ७ः३९ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः३६ र सूर्यास्त ६ः०० मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरुसित भेट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्ने छ । विछोडिएका साथीभाइहरुसित रमाइलो भेटघाट होला । लाभदायी यात्रामा होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन अध्यापनमा रुचि बढ्नेछ । वैदेशिक यात्राको अवसर मिल्ला । नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवामा धार्मिक कार्य आयोजना होला । अतिथि सेवामा दिन विल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का पट्टा तथा व्यापार–व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् शुभ समाचार सुन्न पाइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्य खालको छ । शिर तथा आँखा सम्बन्धि समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्य खालको छ । शिर तथा आँखा सम्बन्धि समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट एवम् खानपिन होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययन अध्यापनमा रुचि बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । रमणीय स्थानको भ्रमण हुने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा रुचि बढ्ने छ । महिला मित्रको विशेष सहयोग मिल्ला शुभ समाचार सुन्न पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्य खालको छ । कार्य व्यवसायका केह समस्या आइपर्न सक्छ । अनावश्यक काममा फसिएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुन चाँदी तथा वाहन खरिद होला । विवाह व्रतबन्ध जस्ता उत्सवमा शरिक भइएला । मिष्ठान भोजन प्राप्त हुने छ ।