श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन १३ गते सोमबार, २५ फेब्रुअरी २०१९ । फाल्गुण कृष्णपक्षको षष्ठी तिथि १०ः५३ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र विशाखा २३ः३३ बजेसम्म, उप्रान्त अनुराधा,चन्द्रमाराशि तुला, सूर्योदय ६ः३६ र सूर्यास्त ६ः०१ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । राजनैतिक निकायमा तपाईको उच्च स्थान रहला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । विवाह ब्रतबन्धजस्ता कार्यक्रममा संलग्न भइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि तथा पशु, चौपायाको व्यापार– व्यवसायमा मन जानेछ । मित्रजनको विशेष सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय राम्रो छ । कार्य–व्यवसायमा सफलता मिल्ला । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरीर अस्वस्थ रहला । सानो कामको लागि ठूलै धनराशि खर्च हुनेछ । शुभसमाचार सुन्न पाइएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्ला । अरुको काममा बढी समय दिनुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आँटे, ताकेको कामकाज पूरा हुनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्ला । कानूनी क्षेत्रमा विशेष लाभ मिल्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । रोकिएका कामकाजहरू सुचारु हुनेछन् । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । महिला मित्रको सहयोग मिल्ला । लाभदायी यात्रामा सरिक भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीहरूसित भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । रमाइलोस“ग दिन बित्ला ।