श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन १४ गते मङ्गलबार, २६ फेब्रुअरी २०१९ । फाल्गुण कृष्णपक्षको सप्तमाी तिथि १०ः१७ बजेसम्म, उप्रान्त अष्टमी नक्षत्र अनुराधा २७ः५५ बजेसम्म, उप्रान्त मुल,चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः३४ र सूर्यास्त ६ः०२ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तम खालको छ ।जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । माया प्रेमको सम्बन्ध विस्तार होला ।मन प्रसन्न बन्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजमा गण्यमाण्य व्यक्तिहरु सित रमाइलो भेटघाट वा खानपिन हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कायक्रममा संलग्न भइएला । साथीभाईहरुसित रमाइलो भेटघाट हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तम खालको छ ।नयाँ कार्य व्यवसायको शुभारम्भ होला ।अवरोध रहेको कामकाजहरु सुचारु हुनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्ने छ । वैदेशिक यात्रामा संलग्न भइएला । धन आर्जनका नयाँ श्रोतहरु फेला पर्नेहुन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्य खालको छ । कार्य व्यवसायमा विघ्नवाधा आइपर्नसक्छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तम खालको छ । कार्य व्यवसायमा सफलता मिल्ला । आफन्त तथा साथीभाइको सहयोग प्राप्त भईरहला । मनप्रसन्न बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला र साहित्यको क्षेत्रमा रुचि बढ्ने छ । रमणिय स्थानको भ्रमणगर्ने अवसर मिल्ला । पारिवारिक जीवनमा खुसीयाली छाउला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा रुचि बढ्नेछ । मातृपक्षको विशेष सहयोग मिल्ला शुभ समाचरले मन प्रसन्न बन्ने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेललकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाईहरु सित रमाइलो भेटघाट हुने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन अध्यापनमा रुचि बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । मायाप्रेमको सम्बन्ध विस्तार होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभुषण प्राप्त हुने छ । घरपरिवारमा मांगलिक कायक्रमको आयोजना होला ।रमाइलो वातावरणमा दिन वित्ला ।