श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन १५ गते बुधबार, २७ फेब्रुअरी २०१९ । फाल्गुण कृष्णपक्षको अष्टमी तिथि १०ः१० बजेसम्म, उप्रान्त नवमी नक्षत्र ज्येष्ठा २८ः४७ बजेसम्म, उप्रान्त मूल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः३३ र सूर्यास्त ६ः०२ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तम खालको छ । विवाह व्रतबन्ध जस्ता कायक्रममा संलग्न भइएला ।अतिथि सेवासत्कार गर्ने अवसर मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । रमाइलो यात्राको अवसर मिल्ला । मायाप्रेमको सम्बन्ध विस्तार हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभ कार्यको चर्चा चल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ला । जागीरमा बढुवा तथा स्थानान्तरण हुने छ । मन प्रसन्न रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय सामान्य खालको छ । शिर तथा नशा सम्बन्धि समस्याले निकै सताउला ।अनावश्यक कामको झन्झटमा परिन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित भेटघाट हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्य व्यवसायमा केहि समस्या आइपर्नसक्छ । आरम्भ गरेका काममा अवरोध श्रृजना होला । शरिर अश्वस्थ रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक तथा सामाजिक काममा मन जाने छ । समाजका गन्यमान्य व्यक्तिहरु सित रमाइलो भेटघाट होला । मन प्रसन्न बन्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठेक्कापट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । मन प्रसन्न रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा मांगलिक कायक्रमको आयोजना हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तम खालको छ । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ ।अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन अध्यापनमा रुचि बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । ऐतिहांसिक स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । नपत्याएका ठाउँबाट विशेष सहयोग मिल्ला । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।