विराटनगर/ विराटनगर– १ नोबेल डेरी पूर्व सिंघिया खोला छेउमा श्री १००८ धार्मिक शिवरात्री मेला हुने भएको छ । उक्त मेला शिवरात्रीको अवसर पारेर हुने भएको हो । यही फागुन २० देखि चैत ४ गतेसम्म लाग्ने भएको छ ।
धार्मिक मेलाको तयारी बारे आयोजक धार्मिक मेला समारोह समितिले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरि जानकारी गरायो । मेलाको तयारी तिव्र रुपमा भएको आयोजक समितिका सल्लाकार अमित चौधरीले बताए ।
१५ दिनसम्म संचालन हुने धार्मिक मेलामा १ हजार ८ वटा शिवलिङ्ग रहने छ । जहाँ धर्मलम्बीहरूले पूजाआजा गर्ने बताइएको छ । हिन्दु धर्मलम्बीहरूले मानिने भगवानको मूर्तीहरू समेत मेलामा रहने सल्लाकार चौधरीले बताए ।
मेलामा विभिन्न भगवानको ३ सय १५ वटा मूर्ती रहनेछ । ‘एकै ठाउँमा हिन्दु धर्मलम्बीहरूले मानिने भवानको मूर्ती राखिनेछ,’ आयोजक समितिका सल्लाकार चौधरीले भने, ‘यहाँ आउने भक्तजनले यस मूर्तीमा पूजा आजा गर्नेछन् ।’ मेलामा गुफा समेत रहने बताइएको छ ।
१५ दिनसम्म लाग्ने मेलामा ७ लाख भत्तजनहरूले प्रत्यक्ष रुपमा अवलोकन गर्ने समितिको कार्यभाव अध्यक्ष प्रविन गौतमले जानकारी दिए । उनका अनुसार मेला सम्पन्न गर्न करिब २२ लाख रुपैयाँ खर्च हुने अनुमागन गरेको बताए ।
धार्मिक मेलामा राखिने विभिन्न भगवानको मूर्ती बनाउन अहिले कलाकारहरू व्यस्त रहेको कार्यभाव अध्यक्ष गौतमले बताए । ‘मेलामा सानादेखि ठूलोसम्म भगवानको मूर्ती राखिने छौं,’ कार्यभाव अध्यक्ष गौतमले भने, ‘मूर्ती बनाउन अहिले कलाकारहरू लागि परेका छन् ।’