धनकुटा / आफैँले बोकेको हतियार पड्कँदा धनकुटामा एक जना नेपाली सेनाको जवानको मृत्यु भएको छ । धनकुटाको सल्लेरीस्थित नेपाली सेनाको वरखगणमा कार्यरत डोटी जिल्ला घर भएका चेतराज जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार राती पौने ९ बजे बरख गण धनकुटामा ड्युटीमा रहेको क्रममा आफैंले बोकेको एम १६ वन्दुक (हतियार) पड्किएर छातीमा गोली लागि जोशी गम्भीर घाइते भएका थिए । जोशीको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताएका छन् ।
घटनाको प्रकृति हेर्दा मृतक जोशी आफैँ गोली चलाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घट्ना पछि प्रहरीले दुर्घटना स्थल मुजुल्का उठाई सकिएको र पोष्टमार्टमको लागी जिल्ला अस्पतालमा राखिएको प्रहरी प्रमुख गुरुङ्गले जानकारी दिए । पोष्टमार्टम पछि जोशीको लास आफन्तलाई जिम्मा लगाईने उनले वताए ।