धनकुटा । धनकुटाको हिले वजारलाई पुर्वको पयंटकिय हवको रुपमा विकास गर्ने उदेश्यले अघिललो वर्ष देखी आयोजना गरिदै आएको हिले फुड फेस्टीवल यो वर्ष पनि हुने भएको छ ।
रामनवमी पर्वको अवसरमा आयोजना गर्न लागीएको दोश्रो हिले खाना महोत्सव तथा (फुड फेस्टीवल) विशेष गरेर अर्गानिक स्थानिय विभिन्न परिकारका खानाहरु पर्यटकको रोजाईमा पस्कनु रहेको आयोजकले वताएका छन् ।
क्षेत्रिय होटल एशोसिएसन नेपाल र हिले पर्यटन, प्रवद्र्धन तथा पुर्वाधार विकास संस्थाले मगलवार पत्रकार सम्मेलन गरी दोश्रो हिले खाना महोत्सव (फुड फेष्टिवल) आगामी चैत्र ३० गते ५ दिनसम्म आयोजना हुने जानकारी दिइएको छ ।
पत्रकार सम्ेमलनमा दिइएको जानकारी अनुसार खाना महोत्सवमा स्थानिय मौलिक र परम्परागत खानाको विोशष आकर्षण हुने जानकारी दिइएको छ ।

संस्थाका अध्यक्ष खगेन्द्र विष्टले हिलेलाई पर्यटकिय हवको रुपमा विकास गर्न हिले खाना महोत्सव आयोजना गरिएको वताए । खाना महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागी विभिन्न उपसमितिहरु समेत गठन गरिएको अध्यक्ष विष्टले बताए ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आर्थिक समितिको संयोजकमा ज्ञान वहादुर राई, स्टल व्यावस्थापन समितिको संयोजकमा पासाङ्ग शेर्पा, प्रचार प्रसार समितिको संयोजकमा दिपक घिमिरे, खानेपानी तथा सरसफाई समितिको संयोजकमा अमित लो, कलाकार तथा साँस्कृतिक समितिको संयोजकमा भोगेन्द्र थापा, बजार सजावट उप(समितिको संयोजकमा वुद्ध तितुङ तामाङ, अनुगमन तथा व्यावस्थापन समितिको संयोजकमा उमेश घिमिरे, अतिथि सत्कार व्यावस्थापन उप(समितिको संयोजकमा मनकला लिम्वुलाई चयन गरिएको जनाइएको छ ।

हिले पर्यटन, प्रवद्र्धन तथा पुर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र विष्टको अध्यक्षतमा सम्पन्न पत्रकार सम्मेलनमा हिले वजार व्यवास्थापन समितिका अध्यक्ष वुद्ध तितुङ तामाङ, उधोगा वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे, जिल्ला समन्वय समितिका सदस्य एवं युवा व्यावसायी ओङ्गदा तामाङ, वडाध्यक्ष निरेन तामाङ, खानेपानी उपभोक्ता समितिका समित अमित लो लगायतको उपस्थिति रहेको थियो ।
तस्विर हिले वजारको हो