बिर्तामोड / धरान, विर्तामोड र पोखरलाको बेगनास विच पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्ने सहमति भएको छ ।
नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन दुई संघबीच यस्तो सहमति भएको हो । पर्यटन प्रवद्र्धनका लागि पूर्वको भ्रमणमा रहेको पोखराको टोलीले सोमबार धरानमा छलफल ग¥यो । यस्तै मंगलबार झापाका होटल ब्यवसायी, पर्यटन ब्यवसायी, ट्राभल एशोसिएसनलगायतका संघ संस्थासँग सहकार्य गर्न प्रस्ताव आह्वान गरेको छ ।
सो प्रस्तावलाई झापा र धरानका ब्यवसायीले समेत सकारात्मक रुपमा लिदै पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने सहमति गरेका हुन् । ‘गन्तब्य वेगनास’ नारा सहित भ्रमणमा रहेको टोलीले मुलुकको मुख्य पर्यटकीय क्षेत्रहरुको अवलोकन समेत गर्दै आएको छ ।
काठमाण्डौपछि सबैभन्दा धेरै बिदेशी पर्यटक भित्रने नाका झापा हो । भारत, भुटान, बंगलादेश, बर्मा, पाकिस्तान लगायतका देशबाट झापा हुँदै पर्यटक भित्रिने गरेको चन्द्रगढी बिमानस्थलका प्रमुख पूर्ण चुडालले जानकारी दिए । उनले अत्यन्त सम्भावना बोकेको जिल्ला भएर पनि उचित ब्यवस्थापन हुन नसक्दा धेरै समय बिदेशी पर्यटक झापामा लामो समय नबस्ने गरेको बताए ।
झापालाई पर्यटनको ट्रान्जिट पोइन्ट मानेर इलाम, भारतको सिलिगुडी, सिक्किमलगायतका देशमा घुम्न जाने पर्यटक होटल र उचित काउन्सिलको अभावमा अलमलमा पर्ने गरेको स्वयंम पर्यटन ब्यवसायीले स्विकारेका छन् ।
होटल बयवसायी संघ झापाका अध्यक्ष भोलानाथ उप्रेतीका अनुसार पछिल्लो समयमा स्तरीय होटल सञ्चालनमा आउने क्रम बढेकाले आगामी दिनमा पर्यटकलाई अझ सहज हुने बताउँछन् । झापाको चारपाने र धुलावारीमा ५ तारे होटल निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिदै उप्रेतीले अब झापा पनि पर्यटनको महत्वपुर्ण गन्तब्य हुन सक्ने आशा रहेको बताए ।
‘नेपालको सबैभन्दा चर्चित पर्यटकीय गन्तब्य भएपनि पोखराको लेखनाथ नगरपालिकामा रहेको बेगनास क्षेत्र भने ओझेलमा परेको लेखनाथ होटल तथा रेष्टुरेन्ट एशोसिएसनका पुर्व अध्यक्ष दामोदर थापाले बताए । उनले बेगनास क्षेत्रमा आउने पर्यटकको संख्या बृद्धि गर्नका लागि देशका बिभिन्न स्थानमा अन्तक्रिया तथा सम्झौता गर्न शुरु गरेको जानकारी दिए ।
बिर्तामोड(ब्लाष्ट) नेपालमा सहकारी संस्था स्थापना भएको अवसरमा झापा जिल्ला सहकारी संघले ६२ औं सहकारी दिवस मनाउने भएको छ । ‘दिगो बिकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराका साथ बुधबार(आज) सहकारी दिवस मनाउन लागेको बिर्तामोडमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।
‘झापाको सहकारी अभियानको आगामी दिशा उद्ययशिलता हो’ भन्दै सहकारी संघका अध्यक्ष गणेश ढकालले जिल्लाका ९ सय बढी सहकारीलाई उद्यमसँग जोड्न सो कार्यक्रमले सहयोगी भूमिका निर्वाह गर्ने बताएका छन् । सो अवसरमा झापाका सहकारीले उत्पादन गरेका सामग्रीहरुको २० वटा स्टल समेत राखिने जनाइएको छ ।
त्यसैगरी एक सहकारीले अर्काे सहकारीसँग सम्बन्ध बिस्तार साथै जिल्ला बाहिरका उत्कृष्ठ सहकारीसँग सहकार्य गर्दै अघि बड्ने नीतिसमेत लिएको सहकारी संघका सचिब युवराज ढकालले जानकारी दिए । उनले आफु निर्वाचित भएर आएपछि जिल्लाका सहकारीलाई ब्यवस्थित र उद्यमशिल बनाउन ‘झापा कुप’ को अवधारणा ल्याएको बताउँदै सो कार्यक्रम प्रभावकारी समेत भएको दावी गरे ।
पैसा बेचेर पैसा मात्र कमाउदै आएको आरोप लागेको झापाको सहकारी क्षेत्रलाई स्थानीय तहसँग सहकार्य गरी सहकारीको पुँजी उत्पादनमा लगाउन सहकारी तत्पर रहेको तर, स्थानीय तहको सहकारीप्रतिको नीति प्रष्ट नहुँदा पुँजी परिचालन गर्न नसकिएको सहकारी संघका सदस्य कृष्ण मिश्रले बताए ।
सहकारी संघले स्थापना दिवसको अवसरमा उत्कृष्ठ सहकारी, सहकारीकर्मी, कर्मचारी, सञ्चारकर्मी र सञ्चारसंस्थालाई सम्मान तथा पुरस्कार समेत प्रदान गर्ने तयारी गरेको सचिव ढकालले जानकारी दिए । झापामा अहिले ९ सय सहकारीले बार्षिक ४१ अर्ब बढीको कारोबार सञ्चालन गरिरहेका छन् । ४ लाख बढी झापाली सहकारीसँग आवद्ध रहेका छन् ।