पथरीशनिश्चरे/मोरङको पथरीशनिश्चरेस्थित इलाका प्रहरी कार्यालय पथरीले विभिन्न समयमा वरामद गरेको ३ सय लिटर घरेलु मदिरा नष्ट गरिएको छ ।

१ नम्वर वडा सदस्य रोमान्सी धिमाल सहितका समाजका अगुवाहरुको रोहवरमा जर्किनमा रहेको मदिरा खाल्डोमा पोखेर नष्ट गरिएको पथरी प्रहरी प्रमुख कमल बजगाईंले जनाए । घरेलु मदिरालाई अवैध मान्दै प्रहरीले मदिरा बरामद गर्दै आएको छ । घरेलु मदिरा उत्पादनमा पथरीशनिश्चरे, लेटाङ, बेलबारी नगर क्षेत्र अगाडि छ ।