भद्रपुर । वडा प्रहरी कार्यालय भद्रपुरले २२ बोरा सेतो मटर बरामद गरेको छ । वडाबाट खटिएको गस्ती प्रहरी टोलीले आइतबार विहान ८ बजे भद्रपुर ४ नरसिंह चिया बगानबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भद्रपुरबाट ६ ओटा साइकलमा राखेर कारोबारीले भारत तर्फ लैजादै गरेको अवस्थामा मटर बरामद गरिएको डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । २२ बोरामा रहेको साढे ५ सय किलो मटरको अनुमानित २५ हजार मूल्य कायम गरि साइकल समेत भद्रपुर भन्सार बुझाइने वडाका इन्सपेक्टर यमकुमार श्रेष्ठले जनाए ।

पछिल्लो समय भद्रपुरका केही कारोबारीले भद्रपुर,पृथीवीनगर,ज्ञाने चोक लगायतका विभिन्न स्थानमा गोदाम राखेर अनुकुल मिलाएर भारत पठाउदै आइरहेको घट्नाक्रमले पुष्टि गरिसकेको छ ।