नेपाली साङ्गीतिकजगत्को एक खम्बाको रूपमा लिइने साङ्गीतिक समूह कन्दरा ब्याण्डको निकै नै प्रतीक्षा गरिएको नयाँ गीत सार्वजनिक भएको छ ।
 
‘चन्द्राकोटकी नानी’ बोलको गीत हालै सार्वजनिक भएको हो । कन्दराका अधिकांश गीत चर्चामा छन् ।
 
‘हङ्कङ पोखरा, तगारोमा रुमाल राखी, डाँडा पारि, भेडी गोठैमा, तिमी पारि, के पहाड के तराई, याम्दी है खोला’ जस्ता चर्चित गीत गाएर ख्याति कमाएको यस समूहको नयाँ गीत भिडियोसहित सार्वजनिक भएको छ । गीतको भिडियोमा मोडल एलिसा राईलाई समावेश गरिएको छ ।