इटहरी । नेपाल गोल्डेन आइडल सिजन ६ को उपाधि इटहरीकी सेविका कोईरालाले जितेकी छिन । १४ बर्षिय सेविकाले उत्कृष्ट नृत्य गदै सेविकाले आईडलको उपाधि हात पारेकी हुन । नेपालभरका करीब १ हजार प्रतिष्प्रधीलाई पछि पादै आईडलको उपाधि सेविकाले जितेकी हुन ।
नेपाल गोल्डेन आईडलएनटिभि प्लसले आयोजना गरेको हो । इटहरीको विश्व आर्दश कक्षा ९ मा अध्यान गदै गरेकी सेविकाले ३ महिना देखि रिना न्यौपानेको कम्पोज सिकेकी थिईन । उपाधि जिते सँगै ३ लाख नगद,५ लाखको म्युजिक भिडियो र २ लाख बराबरको ४ वटा देश घुम्न पाउँने छिन । प्रतियोगिता जिते सँगै सेविकाले भनिन भविष्यमा डान्सर बन्ने आफ्नो लक्ष्य थप बलियो भएको बताईन ।
सेविका जिताउ अभियानका संयोजक नविन कटुवालले जिताउन लागी सम्पूर्ण इटहरीबासी लागि परेको बताए ।
उनले इटहरीको चेली आईडल बनेकोमा खुसी ब्यक्त गदै भने सबै आफन्त तथा सहयोगी व्यक्तिहरुलाई हृदय देखि धन्यवाद ज्ञापन गर्छु । सेविका इटहरीको शान भएको भन्दै प्रतियोगिता जितेर इटहरी आईपुगेकी सेविकालाई इटहरीमा सम्मान गरिएको छ ।
सेविकालाई पाँचधारे युवा क्लब र पाँचधारे टोल विकासका स्थानीयहरुले सम्मान गरेका छन । पोखरामा गत १२ गते सम्पन्न भए सँगै सेविका घर आएकी हुन । माघबाट सुरु भएको नेपाल गोल्डेन आईडल सिजन ६ मा करीब १ हजार प्रतिष्प्रर्धीलाई हराउँदै उनी विजेता बनेकी हुन ।

इटहरीकै गरिसा लिम्बु पनि नेपाल गोल्डेन आईडलको चौथो विजेता वनेकी छन । नेपाल गोल्डेन आईडलमा इटहरीको दुई बालिकाहरुले चमत्कारीपूर्ण प्रतिष्प्रर्धा जितेका हुन ।