किरात राई जातिको महत्वपूर्ण पर्व साकेला नजिक आइरहेको बेला साकेला गीत ‘सुम्निमा र पारुहाङ’ को भिडियो सार्वजनिक भएको छ ।
 
प्रेम राई कुवासाङ्छाको शब्द र विनोद खम्बूको सङ्गीत रहेको गीतमा विनोद खम्बू र बबिना किरातीको स्वर रहेको छ । गीतको एरेञ्ज चन्दु गोर्खालीले गरेका हुन् भने भिडियोको निर्देशन सिजन राईले गरेका छन् ।
 
मोहनकुमारको छायाङ्कन, अनिलकुमार महर्जनको सम्पादन रहेको भिडियोमा गायक गायिकासँँगै किरात समुदायका युवायुवतीले साकेला नाचेका छन् ।