मिस नेपालका केही विजेता र सहभागीहरू फिल्ममा अभिनय गरे तर धेरैजसोले सफलता पाउन सकेनन् । मिस नेपाल २०१७ विजेता निकिता चाण्डकले अभिनय गरेको फिल्म भने शुरुमै लफडामा फस्यो ।
निकिताले अघिल्लै वर्ष अभिनय गरेको फिल्म ‘रानी महल’का निर्माता र प्रोडक्सन कन्ट्रोलरबीच झगडा भयो । करिब २५ प्रतिशत काम भएको फिल्म झगडाका कारण रोकियो । त्यसपछि निकिताले फिल्म छाडिन् ।
‘रानी महल’मा असफलता बेहोरेकी निकिताले अभिनेता विराज भट्टले निर्माण गर्न लागेको फिल्म ‘साङ्लो’मा काम पाइन् । फिल्मका प्रोडक्शन डिजाइनर शङ्कर पाण्डेले निकितालाई अनुबन्धित गरेका थिए । तर केही समयअघि विराज र शङ्करकै झगडा पर्यो । दुईजनाको हात हालाहाल भएपछि फिल्म फेरि सङ्कटमा फसेको छ ।
जुन फिल्ममा काम गर्ने सुर कस्यो त्यसमै लफडा हुन थालेपछि निकितालाई फिल्म क्षेत्रमा ‘अनलक्की’ भन्न थालिएको छ ।