धरान / युवायुवतीमाझ लोकप्रिय हिपहप गायक तथा ¥यापर भिटेन अर्थात् समिर घिसिङ र गायिका मेलिना राईले पहिलो पटक एउटै मञ्चबाट धरानेलाई मनोरञ्जन दिने भएका छन् ।
आउँदो जेठ २५ मा पब्लिक हाईस्कुल धरानको मैदानमा आयोजना हुने साङ्गीतिक कार्यक्रम ‘सात्विक मनोरञ्जन धमाका’ मा भिटेन र मेलिना एकसाथ प्रस्तुत हुन लागेका हुन् । उनीहरूले एउटै स्टेजमा प्रस्तुति दिन लागेको यो पहिलो पटक हो ।
भिटेनले गाएका ‘चुरोट, सिमसिमे पानी, हालखबर, हिम्मत, मापसे, मान्छे खत्तम, कथा, लाउरेको फेसनै राम्रो’ लगायतका गीतहरू युवापुस्ताले मन पराएका छन् भने मेलिनाका ‘कम्मरमाथि पटुकी, कुटुमा कुटु सुपाडी दाना, गोजीमा दाम छैन, हुँदैन रेलिमाई , तिमीले बाटो फे¥यौ अरे’ लगायतका थुप्रै फिल्मी गीतहरू मन पराइएका छन् ।
सिल्भर इन्टरटेन्मेन्टको आयोजना तथा धरानको सात्विक फुड्स प्रा.लि. को मुख्य प्रायोजनमा हुन लागेको सात्विक मनोरञ्जन धमाकामा भिटेन र मेलिनासँगै गरिमा डान्स सेण्टरका कलाकारले नृत्य प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा २ सय रुपैयाँको टिकट काट्दा २ सय रुपैयाँ बराबरको सात्विक फुड्सका उत्पादनहरू प्रदान गरिने बताइएको छ । ५ वर्षअघिबाट धरानमा सञ्चालित सात्विक फुड्स प्रा.लि. ले विशुद्ध शाकाहारी बिस्कुट तथा कुकिजहरू उत्पादन गरिरहेको छ । हालसम्म ३५ भन्दा बढी मुख्य शहरहरूमा बिक्री वितरण गरिरहेको सात्विकले आफ्ना उत्पादनलाई नेपालका ७७ वटै जिल्लामा उपभोक्तामाझ पु¥याउने अभिप्रायले कन्सर्टमा सहभागी भएको सात्विक फुड्सका नेशनल म्यानेजर विनोद श्रेष्ठले बताए ।