गायक तथा सङ्गीतकार विनोद ढकालले ११ वर्षीय बालक रोजन बराइलीलाई नेपालकै कान्छा ¥याप गायकको रूपमा प्रस्तुत गरेका छन् ।
बाल्यकालदेखि नै ¥याप सङ्गीतमा आकर्षित भएका धादिङका बराइलीलाई गायक ढकालले आफ्नै सङ्गीतको नयाँ ¥याप गीत ‘दुःख’ मार्फत् साङ्गीतिक क्षेत्रमा ल्याएका हुन् । गायक ढकालको समेत स्वर रहेको उक्त गीतमा कान्छा ¥यापर बराइलीले ¥याप हानेका छन् । उक्त गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । गीतका रचनकार पनि ¥यापर बराइली नै हुन् । गीतमा दिनेश श्रेष्ठको सङ्गीत संयोजन छ । ‘दुःख’ को म्युजिक भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका हुन् । उक्त गीतमा डिठ्ठा सा’बको उपनामले चिनिने कलाकार किशोर भण्डारी, कविता आलेमगर तथा जोर्डन राजभण्डारीले अभिनय गरेका छन् ।
सञ्जित श्रेष्ठद्वारा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन् ।