गायिका इन्दिरा भट्टराईको ‘तिमी हाँस्दा हाँसौला’ बोलको गीत सार्वजनिक भएको छ ।
देउडा भाकाका गीतबाट डेढ दशकअघि नेपाली साङ्गीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका भट्टराईले कयौँ गीत गाइसकेकी छिन् । आधुनिक गीत–सङ्गीतकी सर्जक भट्टराईले गाएको ‘तिमी हाँस्दा हासौँला’ गीतमा सुवास खनालको शब्द, लालबहादुर सुब्बाको सङ्गीत र सविन लिम्बूको सङ्गीत संयोजन रहेको छ ।
वियोगान्त गीतको म्यूजिक भिडियोको निर्देशन दीपक जोशीले गरेका छन् । तिलक फिल्म्सको पोष्ट प्रोडक्सन रहेको गीतको म्यूजिक भिडियोमा दीपक जोशी र करिना श्रेष्ठले अभिनय गरेका छन् । म्यूजिक भिडियोको छायाङ्कन महेश महराले गरेका हुन् ।