धरान । शङ्कर अधिकारी घायलको लेखन तथा निर्देशन रहने फिल्म ‘काँचुली’ को पूर्वाञ्चलमा छायाङ्कन हुने भएको छ । पूर्वाञ्चलका दमक, इलाम र श्रीअन्तुलगायतका स्थानमा फिल्मको छायाङ्कन हुनेछ ।
बिजी बर्मा फिल्म्सको ब्यानरमा सत्यघटनामा आधारित रहेर निर्माण हुने भनिएको फिल्म कला राईको प्रस्तुतिमा निर्माण हुन लागेको हो । फिल्ममा ईश्वर खाती, शुभेच्छा थापा, रश्मी भट्ट ,रविन श्री, राजन महर्जन, रिजन बिसुन्खे, नवनायिका कृति क्षेत्री, राजन श्रेष्ठ, अस्मी थापा, मिलन तमाङ, रमेश घतानीलगायतको अभिनय रहनेछ ।
बाबुल गिरी, राजेन्द्र बजगाईं र शङ्कर अधिकारी घायलको सङ्गीत रहने फिल्ममा देव महर्जनको द्वन्द्व, राजन महर्जनको नृत्य र सुशील डाँगीको छायाङ्कन रहनेछ ।