महँगो झोलाका कारण बलिउड अभिनेत्री दीपिका पादुकोणको चर्चा छ अहिले । गत शनिबार महँगो झोला बोकेर दीपिका न्यूयोर्कको यात्रामा निस्किइन् ।
उनले हातमा २ लाख ६७ हजार भारु अर्थात् नेपाली मूल्य ४ लाख २७ हजार २ सय पर्ने झोला बोकेर न्यूयोर्कमा हुन लागेको ‘मेट गाला २०१९’ इभेन्टका लागि एयरपोर्टमा देखिएकी थिइन् ।
‘मेट गाला इभेन्ट’ हरेक वर्ष अमेरिकाको न्यूयोर्कमा आयोजना हुने फेसन शो हो । यस वर्ष उक्त शो सोमबारबाट शुरु भएको भएको छ । कार्यक्रममा दीपिका अतिथिका रूपमा सहभागी छिन् । कार्यक्रममा विश्वका चर्चित सेलिब्रिटी उपस्थित हुने गरेका छन् ।
यसअघि दीपिका ‘मेट गाला २०१८’ मा नेपाली ड्रेस डिजाइनर प्रबल गुरुङले तयार गरेको रातो गाउनमा प्रस्तुत भएकी थिइन् । उक्त गाउनको चौतर्फी चर्चा भएको थियो ।