बलिउड फिल्म उद्योगमा बेला–बेला नेपालीहरूले प्रवेश पाउने गरेका छन् । पछिल्लो समय नेपालकी सिजन पुनको बलिउड फिल्ममा अवसर पाएका कारण चर्चा छ ।
नेपालको जाजरकोटस्थित भेरी नगरपालिका–३ पीपलडाँडाकी २१ वर्षीया सिजन पुनले बलिउड फिल्म ‘हर जनम मे मिलेंगे’ मा मुख्य अभिनेतृको रूपमा अवसर पाएपछि अहिले उनको खुब चर्चा छ ।
पी भन्साली प्रोडक्सन हाउसले निर्माण गरेको फिल्ममा उनी मुख्य अभिनेत्रीको भूमिकामा अनुबन्धित भइन् । फिल्मको ६० प्रतिशत छायाङ्कन भइसकेको बताइएको छ । फिल्ममा शशी शेखरको निर्देशन, प्रवीण भन्सालीको निर्माण र चन्दरको लेखन छ ।
डेढ वर्षदेखि भारतको मुम्बईमा रहेर भारतीय टेलिसिरियलमा चरित्र अभिनेत्रीको भूमिका निर्वाह गरिसकेकी सिजनले पहिलो पटक ठूलो पर्दामा मुख्य अभिनेत्रीको भूमिका पाएकी हुन् । यसअघि सिजनले स्टार प्लस च्यानलमा प्रसारण हुने ‘आरम्भ’ सिरियल र ‘क्राइम स्टोरी लक अप’ मा चरित्र अभिनेत्रीको रूपमा अभिनय गरिसकेकी थिइन् ।