श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ जेठ १० गते शुक्रबार, २४ मे २०१९ । ज्येष्ठ कृष्णपक्षको षष्ठी तिथि २३ः३९ बजेसम्म, अहोरात्र उप्रान्त षष्ठी, नक्षत्र उत्तराषाढा ७ः५८ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि मकर, सूर्योदय ५ः१३ र सूर्यास्त ६ः४९ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
महत्वपूर्ण कामको शुभारम्भ हुनेछ । मन मिल्ने साथीको सहयोग प्राप्त भइरहला । अवरुद्ध रहेको काम बन्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । शुभसमाचारले मन प्रसन्न बन्नेछ । मित्र मिलनको योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । लाभदायी यात्रामा सरिक भइएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा पर्यटन–व्यवसायमा मन जानेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अरुको काममा बढी समय दिनुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विशिष्ट व्यक्तिको सहयोग प्राप्त भइरहला । विद्या र बुद्धिको विकास हुनेछ । कार्य सम्पादनमा सफलता मिल्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मनमा हर्ष र उम· छाउला । पारिवारिक जीवनमा खुशीयाली छाउला । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीहरूसित भेटघाट होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय राम्रो छ । अध्ययन–अध्यापनको क्षेत्रमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ ।