श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ जेठ १६ गते बिहीबार, ३० मे २०१९ । जेष्ठ कृष्णपक्षको एकादशी तिथि १५ः०८ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र रेवती २२ः०९ बजेसम्म, उप्रान्त अश्विनि, चन्द्रमाराशि मीन, सूर्योदय ५ः११ र सूर्यास्त ६ः५४ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । सेवामुलक कार्यक्रममा संलग्न भइएला । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्तहुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारम माङ्गलिक कार्यक्रमको आयोजना हुनेछ । मन प्रसन्न रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मनजानेछ । अवरोध रहेका कामकाजहरु सूचारु हुनेछन् । शुभसमाचार प्राप्तहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बोलीको प्रभाव बढ्नेछ । लाभदायी यात्रा हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । अनावश्यक कामको झन्झटमा फसिएला ।विश्वासपात्रबाट धोका होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । शैक्षिक क्षेत्रको माध्यमबाट विभिन्न स्थानको भ्रमण हुनेछ । रमाइलोमा दिन वित्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनावश्यक कामको झन्झटमा फसिएला ।बन्न लागेको काममा विध्न बाधाहरु आइपर्नसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय राम्रो छ । राजनैतिक क्षेत्रमा तपाइको उच्च स्थान रहला । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काम गर्ने जोश–जांगर र हिम्मत बढ्नेछ । विपरीत लि·िप्रति आकर्षिकत भइएला ।रमाइलो यात्राको योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केहि समस्या आइपर्नसक्छ । घरपरिवारबाट छुटिनु पर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । माङ्गलिक कार्यक्रममा संलग्न हुने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।