श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ ज्येष्ठ १८ गते शनिबार,१ जुन २०१९ । ज्येष्ठ कृष्णपक्षको त्रयोदशी तिथि १६ः३२ बजेसम्म, उप्रान्त चर्तुदशी, नक्षत्र भरणी २३ः३७ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ५ः११ र सूर्यास्त ६ः५३ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । गला र कलाको प्रभाव बढ्नेछ । मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साथीभाई तथा आफन्तको सहयोग प्राप्त भइरहला । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । रमाइलोमा दिन वित्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय मध्यमखालको छ । जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा–मामिलामा तपाईको विजयहुनेछ । सेवामुलक कार्यक्रममा संलग्न भइएला । लाभदायी यात्राको योग छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अनावश्यक कामको झन्झट आइपर्नसक्छ । अरुको काममा बढीसमय दिनुपर्ला ।शरिर अश्वस्थ्य रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । कार्य सम्पादनमा सहजतामिल्नेछ । नपत्याइका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेट होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्यखाको छ । शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा पशुचौपादिको व्यापारमा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक जीवनमा केहि समस्या आइपर्न सक्छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ ।शुभ समाचारले मन प्रसन्न बन्नेछ ।