श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ ज्येष्ठ २२ गते बुधबार,५ जुन २०१९ । ज्येष्ठ शुक्लपक्षको द्वितीया तिथि १३ः३७ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र आद्रा २३ः४७ बजेसम्म, उप्रान्त पूनर्वाशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः१० र सूर्यास्त ६ः५५ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
साथीभाइको भेटघाटले मन प्रसन्न रहला । शुभसमाचार सुन्नमा आउला । कार्य सम्पादनमा सहजता मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक यात्राको अवसर मिल्ला । समाज सेवामा मन लाग्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) समय उत्तमखालको छ । न्यायिक कार्यमा सफलता मिल्ला । मायाप्रेमको सम्बन्ध विस्तार होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । मिष्ठान्न मोजन प्राप्त होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त होला । मन प्रसनन बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइसित रमाइलो भेट होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । परिश्रम अनुसारको फल नपाईदा मन खिन्न बन्नेछ । आर्थिक संकटको सामना गर्नुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नजिकको व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुने समारोहमा शरिक भइएला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । नया“ तथा रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा मनोरञ्जनात्म कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय मध्यमखालको छ । पारिवारिक जीवनमा केहि समस्या आइपर्नसक्छ । अनावश्यक कामको झन्झटमा फसिएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्ने छ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । मन प्रसन्न रहला ।