विराटनगर / प्रदेश सरकारले आगामी वर्षका लागि तयार गरेको नीति कार्यक्रम आज सार्वजनिक भएको छ । प्रदेशप्रमुख गोबिन्दबहादुर तुम्वाहाङले बिहीबार सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका छन् ।

प्रदेश सरकारले २२ जेठमै अगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको थियो । तर, मुस्लिम समुदायको पर्व ईदको बिदा परेकोले सरकारको पुनर्निर्णयअनुसार प्रदेशसभाले नीति कार्यक्रम प्रस्तुत गर्ने मिति एक दिन पछि सारेरको थियो । सरकारले कृष िपर्यटन र सडकलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गत बर्षका योजनाहरु पुरा नभउका कारण प्राय पुराना योजनाहरुलाई प्राथमिकता दिएको छ ।
नीति तथा कार्यक्रमको पूर्णपाठ