श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ जेठ २५ गते शनिबार,८ जुन २०१९ । ज्येष्ठ शुक्लपक्षको पञ्चमी तिथि ७ः१८ बजेसम्म,उप्रान्त षष्ठी,नक्षत्र अश्लेषा १९ः४० बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः१० र सूर्यास्त ६ः५६ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
तर्क, विवाद र प्रतिस्पर्धामा सफलता प्राप्त होला । आत्मानुसाशित भई काममा लाग्नुहोला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
एक पछि अर्को अवसर आउनाले मन प्रसन्न रहला । व्यापार–व्यवसायमा राम्रै लाभ होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आधुनिक हात–हतियारको व्यापार–व्यवसायको लगानीमा नास हुने देखिन्छ । प्रेम पक्ष राम्रोछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धातु सम्बन्धी व्यापारमा राम्रै आम्दानी हुनेछ । औधोगिक स्थानको भ्रमण हुने देखिन्छ । आशावादी भएर कार्य गर्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेति, किसान वा कृषिकार्य गर्नेहरुका लागि आजको दिन उत्तम देखिन्छ । प्रेमी–प्रेमिकाका बीच मनमुटाव सुरु हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दैनिक कामहरुमा बाधा अड्चन देखा पर्नेछ । अध्ययन–अध्यापन क्षेत्रमा लगनशील हुनुहोला । परीक्षाफल आउने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सहकर्मिबाट विरोध हुनेछ । विपरित लिङ्गीको सहयोग प्राप्त हुनेछ । नया“–नया“ कुरा बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो प्रतिफबाद अरुले फाइदा उठाउन सक्छन् । आर्थिक लेनदेनमा अति होसियार रहनुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनमा प्रगति हुनेछ । सुखद समाचारले उम· जगाउनेछ । वुद्धिले काम चिताएको योजना बन्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विशेष भेटघाटले काममा उत्साह बनाउला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन समिनेछ । किर्तिमानी काम गर्ने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पछिका लागि केही वस्तु त्याग्नुपर्ला । दोहो¥याएर प्रयतन गरेमा रोकिएको काम बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरुलाई प्रभावित पारेर काम बनाउने समय छ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ ।