श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ जेठ २७ गते सोमबार,१० जुन २०१९ । ज्येष्ठ शुक्लपक्षको अष्टमी तिथि २३ः५७ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र पूर्वाफाल्गुनी १६ः२० बजेसम्म, उप्रान्त उत्तराफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः१० र सूर्यास्त ६ः५९ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
सहकर्मीबाट विरोध हुनेछ । जग्गा–जमिनसम्बन्धी विवाद अझ बढेर जानेछ । पारिवारिक सम्बन्ध सुध्रिएला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आत्मानुशासित भई काम गर्नु होला । प्रगति हात लाग्नेछ । विपरीतलिङ्गीको सहयोग प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेमप्रसङ्गमा नरमाइलोपन आउनेछ । सन्तानपक्षमा भने राम्रै देखिन्छ । फलदायी यात्राको योग रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायिक क्षेत्रका व्यक्तिहरूका लागि आजको दिन मध्यम्खालको छ । स्त्रीपक्षको सहयोगले अधुरो कार्य पूरा होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिश्रमअनुसारको उपलब्धि प्राप्त होला । आर्थिक कारोबारमा सफल भइएला । प्रेमपक्ष राम्रै देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साथीभाइबाट बढी फाइदा लिने समय आएको छ । नयाँ कार्य बन्नेछन् । पारिवारिक सम्बन्ध सुमधुर रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सानातिना काममै अल्झनु पर्नेछ । तैपनि दीर्घकालीन योजना बनाएर नया“ काम प्रारम्भ गर्ने सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्ना लागि सहयोगीहरू फेला पर्नेछन् । फलदायी यात्राको योग छ । नयाँ ठाउँ घुम्ने अवसर मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेका कमजोरीले केही समस्या उब्जाए पनि सोचेका काम सम्पन्न हुनेछन् । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला । आम्दानी रोकिनाले केही योजना स्थगित हुन सक्छन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काम बिग्रने भयले पनि सताउनेछ । पहिलेका समस्या दोहोरिनाले सङ्कटमा परिएला । दिन समान्य देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गोपनीयता बाहिरिनाले केही समस्या आइपर्न सक्ला । साँझदेखि स्थितिमा सुधार आउनेछ । दिन मध्यम्खालको छ ।