श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ जेठ ३० गते बिहीबार,१३ जुन २०१९ । ज्येष्ठ शुक्लपक्षको एकादशी तिथि १७ः३३ बजेसम्म,उप्रान्त द्वादशी, नक्षत्र चित्रा १२ः९१ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमाराशि तुला, सूर्योदय ५ः९ र सूर्यास्त ६ः५९ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
कृषिजन्य व्यवसायमा राम्रै आम्दानी हुनेछ । पति पत्नीकाबीच सामान्य मनमुटाव हुने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आधुनिक विज्ञानको नविन विषयप्रति रुची बढ्नेछ । कानुनी तथा प्रशासनिक उल्झन सुध्रिएर जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्य गर्ने जोश, जाँगर र इच्छा शक्ति बढेर जाला । नोकरीमा पदोन्नतीको समय आएको छ । मन प्रसन्न रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम सम्बन्ध कसिलो हुनेछ । विचारको प्रयोग गरी निर्णय लिनु होला । समय मध्यम खालको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रिस गर्ने तथा शत्रुपक्ष पराजित हुनेछन् । आफ्नो प्रगतिले आफन्तजन सन्तुष्ट रहलान् । समय उत्तमखालको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विनाकारणको अपजसले मन खिन्न होला । खानपानमा विशेष विचार पु¥याउनु होला । प्रेममा सफलता प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विशेष भेटघाटले काममा उत्साह बनाउला । पढाइमा मन जानेछ । यात्राको योग रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो क्षेत्रमा प्रमुख जमाउन सकिनेछ । कीर्तिमानी काम गर्ने समय छ । यात्रा गर्ने समय राम्रो छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरुलाई प्रभावित पारेर काम बनाउने समय छ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक दायित्व बढ्नेछ । व्यवसायमा सफलता मिल्नेछ । पारिवारिक भेटघाटको योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नया“ कार्य थालनी हुने समय छ । पढाईप्रति मन जानेछ । शत्रुहरु परास्त हुनेछन् । समय उत्तमखालको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यात्राको योग रहेको छ । साथीभाइस“ग भेटघाट हुने योग छ । नयाँ कामको थालनी हुनेछ । यात्राको योग रहेको छ ।