धरान/ फेसनेवल शहर धरानमा आधुनिक शैलीका पार्लर र सैलुन खुल्ने क्रममा छन् । यही क्रममा धरान–९ कलेजरोडमा ‘किङ एण्ड क्विन’ युनिसेक्स सैलुन एण्ड एकेडेमी शुरु भएको छ ।
बिहीबार भिजे सुशील नेपाल, सुनसरी उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित सदस्यहरू शुभेक्षा अधिकारी, दिनेश राई, विजयपुर एफएमकी स्टेशन म्यानेजर हिमाल राई र लोकगायिका अम्विका दवाडीले रिबन काटेर उद्घाटन गरे ।
करिब २५ लाख लगानी भएको बताइएको सैलुन तथा एकेडेमीमा महिला तथा पुरुषको कपाल काट्नुका साथै प्रशिक्षण पनि सञ्चालन गरिनेछ । सैलुन तथा एकेडेमीकी सिईओ सेविका कार्की हुन् । इनरुवा–३ की सेविकाले इटहरीको स्वप्निल ब्युटी क्लिनिकमा २ वर्ष र सलकपुरको मिरर्स युनिसेक्स सैलुनमा ६ महिना काम गरेकी थिइन् ।
किङ एण्ड क्विनका म्यानेजर रोशन ठाकुर पनि विभिन्न सैलुनको अनुभव लिएर यहाँ आएका हुन् । किङ एण्ड क्विनमा हेयर कटिङ, मेकअपसँगै प्रशिक्षार्थीहरूलाई सिकाउने टिम नै रहेको अप्रेसन म्यानेजर अभिजित ताम्राकारले बताए ।