भद्रपुर/ वडा प्रहरी कार्यालय भद्रपुरले ९१ हजार रुपैयाँ मूल्य बराबरको तयारी कपडा बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर ५ स्थित मेची नदी किनारबाट भन्सार छलेर नेपाल भित्राइएको तयारी लत्ताकपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भन्सार छलेर भित्राउने लागेको अवस्थामा प्रहरीले तीन पोका कपडा बरामद गरेको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जनाए । बरामद लत्ताकपडालाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार बुझाइसकेको प्रहरीले जनाएको छ । ठूला कारोबार गर्नेले भन्सार छलेर झापा लगायत बाहिरी जिल्लाबाट सामग्री भित्रइरहेको साना व्यापारीको आरोप छ ।
सानो कारोबार गर्ने व्यापारीले लाइन खर्च बुझाउन नसकेका कारण भन्सारमा ल्याउनु पर्दा सामानको मूल्यभन्दा बढी राजस्व बुझाउनु पर्ने भएकोले पेशा धरायसी हुदै गएको उनीहरुको गुनासो छ । प्रहरीले ठूलो परिमाणमा सामान पक्राउ नगरेर साना व्यापारीलाइ दुःख दिने गरेको बताएका छन् ।