श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ ३ गते मङ्गलबार,१८ जुन २०१९ । आषाढ कृष्णपक्षको प्रतिपदा तिथि १४ः०३ बजेसम्म,उप्रान्त द्वितीया , नक्षत्र मुल १२ः०१ बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ५ः१० र सूर्यास्त ७ः०० मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरुसित रमाइलो भेट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । शिर तथा आँखा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा मांगलिक कार्यक्रमको आयोजना होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । राजनैतिक निकायमा तपाइको उच्चस्थान हरला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । बन्न लागेको काममा केहि समस्या आइपर्नसक्छ । विश्वासपात्रबाट धोका होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । माया प्रेमको सम्बन्ध विस्तार होला । पारिवारिक जीवनमा खुसीयाली छाउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । विछोडिएका साथीभाईहरसित रमाइलो भेट एवं खानपिन हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुनचा“दी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभ समाचार सुन्न पाइएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक यात्राको अवसर मिल्ला । आम्दानिका श्रोतहरु फेला पर्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सन्तान प्राप्तिको योग छ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । रमाइलो वातावरणमा दिन वित्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । सेवामुलक कार्यक्रममा संलग्न भइएला । जागीरमा बढुवा तथा स्थानान्तरण होला ।