काठमाडौं / काठमाडौंको माइतीघरमा आज विसाल खबरदारी सभाको आयोजना गरिएको छ । जनआन्दोलन २०६२÷२०६३ को झल्को दिने खवरदारीसभामा प्रधानमन्त्री र भूमिसुधार मन्त्रीको राजीनामा समेत मागरिएको छ । अधिकारकर्मी तथा सामाजिक अभियन्ता मल्ल के सुन्दरले सरकारले विवादास्पद गुठी विधेयक ल्याएर यहाँका नेवारलाई आदिभूमिबाट विस्थापित गर्न खोजेको आरोप लगाए ।
माइतीघरमा बुधबार आयोजित खबरदारी सभामा बोेल्दै उनले विधेयक खारेजी नभएसम्म खबरदारी कार्यक्रमलाई जारी राख्ने उद्घोष गरे ।
गुठी विधेयक संयुक्त प्रतिरोध कार्यक्रम आयोजक समिति अध्यक्ष डा महेशमान श्रेष्ठले गुठीहरू भूमिसुधार मन्त्रालय नभई संस्कृति मन्त्रालयमातहत राख्नुपर्ने माग गरे ।
आज माइतीघर मण्डलमा सरोकारवालाहरूले आयोजना गरेको खबरदारीसभामा विधेयकले गुठीको सम्पदा र संस्कृतिमाथि प्रहार गर्ने भएकाले प्रदर्शनकारीले खारेजीको माग गरेका थिए । भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले थप परामर्शका लागि भन्दै मङ्गलबार विधेयक फिर्ता लिइएको निर्णय सार्वजनिक गरेकी थिइन ।